Logo
२०८१, ४ माघ शुक्रबार
|  Fri Jan 17 2025

पैसा चोरी गरेको अभियोगमा नेपाल वायुसेवा निगमका लोडर पक्राउ


पैसा चोरी गरेको आरोपमा नेपाल वायुसेवा निगमका लोडर पक्राउ परेका छन् ।

नेपाल एयरलाइन्सको उडानद्वारा काठमाडौँबाट बैंकक जान लागेका याङ्गहाङ सुब्बाको झोलाबाट थाई भाट २० हजार चोरी गरेको अभियोगमा दैलेख महावु गाउँपालिका–३ घर भई काठमाडौँ काँडाघारी बस्ने ३५ वर्षीय नेपाल वायुसेवा निगमका लोडर देव बहादुर सुनार पक्राउ परेका हुन् । उनलाई बुधबार दिउँसो नेपाल प्रहरीले नियन्त्रणमा लिएका हुन् ।

पैसा चोरी भएपछि याङ्गहाङले आफ्नो थाई भाट चोरी भएको भनी प्रहरीमा निवेदन दिएका थिए । निवेदन परे पश्चात् प्रहरीले सिसिटिभी अवलोकन गरी प्रारम्भिक अनुसन्धान गर्दा देवबहादुरको गतिविधि शङ्कास्पद देखिएकोले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेका थिए ।

अनुसन्धानका क्रममा उनले उक्त थाई भाट चोरी गरेको खुल्न आएको प्रहरीको भनाई छ । साथै उनको शरीर तथा लकर तलासी गर्दा विभिन्न दरका थाई भाट १९ हजार ४ सय समेत बरामद भएको प्रहरीको भनाई छ ।

उनलाई थप अनुसन्धान एवम् कारबाहीको लागि प्रहरी वृत्त गौशाला पठाइएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार