Logo
२०८०, ९ फाल्गुन बुधबार
|  Wed Feb 21 2024

नक्कली नोटसहित श्रीमान श्रीमती पक्राउ


नक्कली नोट लिएर अण्डा किन्न जाँदा श्रीमान श्रीमती पक्राउ परेका छन् । सर्लाहीको मलंगवा नगरपालिका–३ मा नक्कली नोट लिएर अण्डा किन्न जाने श्रीमान श्रीमती दुवैजनालाई एक किराना पसलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको छ ।

उनीहरुको साथबाट १ हजार रुपैयाँ दरको २ वटा नक्कली नोट बरामत भएको प्रहरीको भनाई छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका–९ बस्ने नसारु खान र उनकै श्रीमती ३२ वर्षीया नसारा खातुन रहेका छन् । उनीहरूले नक्कली नोट लिएर अण्डा किन्ने क्रममा वादविवाद भइरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त नोटसहित पक्राउ गरेको हो ।

उनीहरुले नक्कली नोेट कहाँबाट लेराएको हो भन्ने विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।


प्रतिक्रिया दिनुहोस !
विचार