Logo
१० असार २०८३, बुधबार
|  Thu Jun 25 2026

विदेशी चिकित्सकबिना पहलो पटक नेपालमा कलेजो प्रत्यारोपण सफल


नेपाली चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीबाट मात्रै पहिलो पटक कलेजो प्रत्यारोपण सफल भएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा नेपाली चिकित्सकको टोलीले पहिलो पटक कलेजो प्रत्यारोपण गर्न सफल भएको हो ।

८ वर्ष अगाडिदेखि नै नेपालमा कलेजो प्रत्यारोपण सुरु भए पनि प्रत्यारोपणका लागि विदेशी डाक्टर आउनु पर्ने वाध्यता थियो । कलेजो प्रत्यारोपण विशेषज्ञ डाक्टर रमेशसिंह भण्डारीसहितको टोलीको संयुक्त प्रयासबाट गत पुस २७ गते कलेजो प्रत्यारोपण गरिएको हो ।

अस्पताल स्रोतका अनुसार ४१ वर्षीय पुरूषलाई उनकी ४० वर्षीया श्रीमतीले कलेजो प्रदान गरेकी हुन्। गत पुस २७ गते कलेजो प्रत्यारोपणपछि ती पुरूषलाई आज (बिहिबार) डिस्चार्ज गरिएको छ। नेपालमा पहिलोपटक २०७३ साल मंसिर २२ गते मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा पहिलोपटक कलेजो प्रत्यारोपण गरिएको थियो।

तर त्यो बेला दक्षिण कोरियाबाट आएका शल्यचिकित्सकको विज्ञ टोलीले प्रत्यारोपण गरेका थिए। त्यसयता पनि नेपालमा कलेजो प्रत्यारोपण गरिएको भए पनि ती सबै प्रत्यारोपण विदेशका विशेषज्ञको टोलीको संलग्नतामा भएको थियो।


प्रतिक्रिया दिनुहोस !
विचार