Logo
२०८०, ९ फाल्गुन बुधबार
|  Wed Feb 21 2024

पाथिभरा इन्पोरियममा आगलागी हुँदा १ करोड ५० लाख भन्दा बढीको क्षति


धनगढी उपमहानगरपालिका २ स्थित साल्टट्रेडिङ भवनमा रहेको निरा प्रसाईको पाथिभरा इन्पोरियममा आगलागी भएको छ । आगलागी शुक्रबार भएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार इन्पोरियममा आगलागी हुदाँ १ करोड ५० लाख भन्दा बढीको क्षति भएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोली, सशस्त्र पहरी तथा नगर प्रहरीको सहायताबाट केही सामान बाहिर निकालिएको छ ।

जुत्ता तथा चप्पल गोदाममा विद्युत सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार