Logo
२०८१, २६ मंसिर बुधबार
|  Wed Dec 11 2024

पहिलोपटक बारीगाउँमा बिजुली पुगेपछि ६९ घर झिलिमिली


मट्टितेलको टुकी बालेर जीवन बिताउन बाध्य हतुवागढी गाउँपालिका–८ बारीगाउँका गाउँलेको पहिलो पटक बिजुली बाल्ने सपना पूरा भएको छ । गाउँमा पहिलोपटक बिजुली पुगेपछि गाउँलेहरु हर्षले गद्गद भएका छन् ।

यसभन्दा अगाडी चाहेर पनि गाउँमा विद्युत्को पहुँच पु¥याउन सकेको थिएन । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र भोजपुरअन्तर्गतको हतुवागढी घोडेटार फ्युज सेवाले वडा नं ८ को पात्लेपानी, विद्यापोखरी, रोक्ताङ हुँदै बारीगाउँसम्म ११ केभी प्रसारण लाइनबाट विद्युत् सेवा पु¥याएको हो ।

विद्युत्को पहुँच पुगेसँगै त्यहाँका ६९ घर अहिले झिलिमिली भएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार