Logo
२०८१, ३ चैत्र सोमबार
|  Mon Mar 17 2025

अर्घाखाँचीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, दुईजना घाइते


अर्घाखाँचीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका अनुसार ढाकाबांगबाट सन्धिखर्क जाँदै गरेको लु१ज १६७९ नम्बरको जीप भिरालो सडकमा जिप रोकेर चालक झरेको बेला दुर्घटना भएको हो । दुर्घटनामा पाणिनी गाउँपालिका पणेनाकी कोपिला खनाल र उनका ८ महिनाको छोरा घाइते भएका छन् ।

दुर्घटनामा भूमिकास्थान–२ की अन्दाजी ३५ वर्षीया देवा बेल्वासे र सन्धिखर्क–८ की अन्दाजी ४७ वर्षीया डेमकला आचार्यको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जीप सडकबाट पल्टिएर करिब दुई सय मिटर तल खसेको छ । घाइते कोपिला खनाल र उनका छोरालाई जिल्ला अस्पताल सन्धिखर्कमा पुर्‍याइएको छ ।

जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार