Logo
२०८०, ९ फाल्गुन बुधबार
|  Wed Feb 21 2024

श्रीमती र छोराको हत्या, एक प्रहरी जवान पक्राउ


दाङमा श्रीमती र छोराको हत्या गरेको आरोपमा प्रहरी जवान पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत ३२ वर्षीय प्रहरी जवान पिमलाल नेपाली पक्राउ परेका हुन्।

उनीमाथि आफ्नी २२ वर्षीया श्रीमती टीका विक र साढे २ वर्षका छोरा सुशान्त नेपालीको हत्या गरेको आरोप छ। श्रीमती र छोराको हत्यापछि नेपाली आफैं प्रहरी कार्यालयमा उपस्थित भएर आत्मसमर्पण गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

आइतबार बिहान ७ बजेतिर आपसी विवाद भएपछि सलले घाँटी कसेर श्रीमती र छोराको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 


प्रतिक्रिया दिनुहोस !
विचार