Logo
२०८०, ९ फाल्गुन बुधबार
|  Wed Feb 21 2024

रिक्त २३ पदमा उपनिर्वाचनका लागि मतदाता नामावली दर्ता गर्न आह्वान


निर्वाचन आयोग नेपालले रिक्त भएका २३ पदमा उपनिर्वाचनका लागि मतदाता नामावली दर्ता गर्न आह्वान गरेको छ ।

आयोगले सोमबार एक प्रेस विज्ञप्ती जारी गर्दै नामावली दर्ता गर्न आह्वान गरेको हो । आयोगले रिक्त पदका लागि उपनिर्वाचन गर्ने तयारी गरेको छ । सम्बन्धित स्थानीय तह र निर्वाचन क्षेत्रमा चुनावको मिति तोकिनुअघि नै छुटेका र उमेर पुगेकाले नामावली दर्ता गर्न विज्ञप्ती मार्फत आयोगले आह्वान गरेको छ ।

यसअघि ०७९ वैशाख १० गते स्थानीय तह र मंसिर ४ गते प्रतिनिधि र प्रदेश सभाको निर्वाचन भएको थियो ।

त्यसबेला निर्वाचित भएका २३ जनाको पद अहिले विभिन्न कारणले रिक्त छ ।


प्रतिक्रिया दिनुहोस !
विचार