डडेल्धुराको अमरगढी–१ मा गएराति एउटै कोठामा सुतेका सासू र बुहारीको आगो बालेर सुतेका बेला निस्साएर मृत्यु भएको छ । आगोको कोइलाका कारण निसास्सिएर उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय डडेल्धुराले जनाएको छ ।
मृत्यु हुनेमा अमरगढी नगरपालिका–१ मालम बस्ने ६० वर्षीया धौलीदेवी दियाल र २६ वर्षीया पुनम दियाल रहेका छन् । उनीहरु सासु बुहारी हुन् । उनीहरु एउटै कोेठामा सुतेका थिए । प्रहरीका अनुसार राति कोठामा आगोको कोइला ताप्ने क्रममा निसास्सिएर उनीहरुको मृत्यु भएको खुलेको छ ।
सोमबार बिहान उनीहरु बेहोस अवस्थामा फेला परेका थिए । बेहोस अवस्थामा फेला परेका दुवैलाई घरपरिवार र आफन्तको सहयोगमा सोमबार बिहान अस्पताल पु¥याइएको थियो । अस्पताल पु¥याउना साथ सासु बुहारीलाई नै चिकित्सकले मृत घोषणा गरेका थिए ।
यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । केही समय अगाडी पनि बर्दियाको मधुवनी नगरपालिका–४ मा आगो ताप्ने क्रममा बसन्ता भुल्लनचोकमा स्थानीय ८७ वर्षकी चिन्की थरुनीको जलेर मृत्यु भएको थियो । उनको आफ्नै घरको बरण्डामा आगो ताप्ने क्रममा जलेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार लुगामा आगो सल्किएपछि थरुनीको घटनास्थलमै मृत्यु भएको थियो ।
चिसो बढेसँगै चिसो छल्नका लागि हिटर, आगो बालेर सुत्ने हुँदा बर्षेनी निस्सासिएर तथा जलेर धेरैको ज्यान जानेको गरेको छ ।…