
रास्वपाका सभापति रवि लामिछानेले लोकतन्त्रको पहरेदार पत्रकारितालाई दलले आफ्नो सामिप्यमा राख्न नहुने बताएका छन् । लामिछानेले मंगलबार रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रमको सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
उनले कमजोर प्रश्न लोकतन्त्रका लागि अत्यन्तै घातक हुने बताए । लामिछानेले भने, ‘लोकतन्त्रको पहरेदार पत्रकारितालाई दलले आफ्नो सामिप्यमा राखेर, आफ्नो तातो बाँडेर उसले हामीलाई प्रश्न गर्नै सक्दैन ।’ आफुले केही समय पत्रकारिता गर्दा आम जनजीविकाका कुरालाई प्राथमिकता दिएको उनले बताए ।
‘प्रश्न, गाली हिजो पनि आउँथ्यो, सामान्य थिएन । डरधम्की पनि आउँथ्यो यहाँहरूलाई थाहै छ,’ उनले भने, ‘त्यो सञ्चारकर्मीलाई सामान्य र दैनिकी नै हो । त्यसको सामना मैले पनि गर्नुपर्योतर बिचलित नभई काम गरेकोले त्यसैलाई आधार मानेर राजनीतिक यात्रा सुरू भयो ।’
पाँच, छ महिनाकै तयारीमा देशको राजनीतिक चौथो शक्ति जनताले बनाइदिएको उनको भनाइ छ ।