Logo
१५ श्रावण २०८३, शुक्रबार
|  Sat Aug 1 2026

एमाले धादिङको बन्द सत्र फागुन १ मा हुने


नेकपा (एमाले) धादिङको नवौँ जिल्ला अधिवेशनको बन्द सत्र फागुन १ गतेबाट सुरु हुने भएको छ ।

विवादपछि आइतबारबाट रोकिएको अधिवेशनको बन्द सत्र अध्यक्ष मण्डलका अध्यक्ष धर्मदत्त देवकोटाले मंगलबार दोस्रो विज्ञप्ति जारी गर्दै फागुन १ गतेबाट हुने जानकारी गराएका हुन् ।

‘२०८० माघ २१ गते देखि सुरु भएको बन्द सत्र आन्तरिक तयारी गर्नुपर्ने भएकोले रोकिँदै आएकोमा २०८० माघ २३ गते एमाले केन्द्रीय संगठन विभागको अधिवेशन स्थगित कारबाही सुरु गर्नेबारे प्राप्त पत्रका आधारमा आगामी फागुन १ गते ११ बजेबाट बन्द सत्र सुरु हुने जानकारी गराउँछु’ जारी विज्ञप्तीमा भनिएको छ ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार