Logo
९ जेष्ठ २०८२, शुक्रबार
|  Fri May 23 2025

रविसँगै उजुरी परेका पूर्व उपराष्ट्रपतिका छोराको भनाई : फ्रि मा विज्ञापन भएकोमा खुसी छु


सहकारी ठगी प्रकरणमा जिल्ला प्रहरी कार्यालय कास्कीमा आफ्ना विरुद्ध पनि उजुरी परेपछि पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनले खुसी व्यक्त गरेका छन् । आफू सहकारी हिनामिना प्रकरणमा कुनै तबरबाट पनि संलग्न नरहेको तर, आफ्नो नाम र फोटो राखेर फ्री मा विज्ञापन गरिदिएको भन्दै उनले फ्री को विज्ञापनबाट आफू खुसी भएको बताएका हुन् ।
कास्कीको सुर्यदर्शन सहकारी प्रकरणमा रास्वपा सभापति रवि लामिछाने सहित दिपेश पुन लगाएतका विभिन्न व्यक्ति तथा संस्था बिरुद्ध दुई दिनअघि मात्रै सहकारी पीडितहरुले जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी गरेका थिए । सो उजुरीबारे सामाजिक सञ्जाल फेसबुकमा पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनले लामो स्टाटस लेख्दै आफ्नो संलग्नता इन्कार गरेका छन् । उनले कसको दबाब र प्रभावमा उजुरी दिइएको हो भन्नेबारे समेत आफू राम्रोसँग जानकार रहेको बताएका छन् । उनले लेखेको स्टाटसको पूर्ण पाठ यस्तो छ :
जुन सहकारीको बारेमा प्रहरीले सार्वजनिक सुचना आह्वानगरी छानविन भई अदालतमा मुद्वा चलिरहेको छ।त्यो संस्थाको म न संचालक,न म त्यो संस्थाको व्यवस्थापक, न म त्यो संस्थाको कर्मचारी । न म त्यो संस्थाका संवन्धितहरुसंग कुनै पेशा व्यवसायमा साझेदारी तै पनि सारा धर्ती आकाश मैले नै हल्लाएको जसरी नाम र फोटो आउछ।मेरो नाम र फोटो राखेर मेरो फ्री मा विज्ञापन भएकोमा म खुसी नै छु। जुन संस्थाबाट मैले ५० लाख लोन लिएको कसरी देखियो त्यो लोन बारेमा नै मैले संवन्धित संस्था र निकायसंग बुझेर यदि लिएको प्रमाणित भएकोखन्डमा म तिर्न तयार छु भनेर यो भन्दा अगाडी सार्वजनिक रुपमा क्लिएर गरेको छु।वैङ् वा संहकारीको रिणीहरुले रिण लिएको छ भने त्यो रिण तिर्ने र यदि नतिरेको खन्डमा उक्त रिण उठाउन त्यसको आफ्नै प्रक्रिया छ र म त्यो अनुसार रिणीको रुपमा प्रमाणित भएमा तिर्न तयार नै छु तर जसरी म जस्तै ६\७ रिणी देखिएको उक्त संस्थामा मलाई नै केन्द्रित गरेर पुरक निवेदनको नाममा निवेदन दिन कसको दबाब,प्रभाव र निर्देशन छ त्यो पनि म राम्रो जानकार छु।कानुनीराज्यमा कानुनी काम गरेपछि अन्तिम रक्षा र फैसला कानुनी रुपमा नै हुन्छ। मैले मेरो बारेमा उठेका हरेक प्रश्नको जफाब सप्रमाणसहित संवन्धित निकायमा गएर उभिएको छु।हिजो ,आज र भोली पनि तयार छु।निष्पक्ष रुपमा छानविन होस् यसको लागि म संवन्धित विकायलाई सहयोग गर्न सदैब तयार छु।अति गर्नु तर अत्याचार चाही नगर्नु मेरो विनम्र आग्रह छ धन्यवाद
यसैबीच जिल्ला प्रशासन कार्यालय कास्कीले दीपेश पुन लगाएतकामाथि परेको उजुरीबारे अनुसन्धान शुरु गरेको बुझिएको छ । उच्च राजनीतिक दबाब र प्रभावमा अनुसन्धान प्रभावित हुन सक्ने आँकलन गरिएका बेला उनीहरुबिरुद्धको उजुरी उपर छानबिन शुरु भएको बुझिएको हो । सहकारी पीडितहरुको उजुरीपछि बयानका लागि अब उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कास्कीमा नै बोलाउँने तयारी भएको प्रहरी स्रोतले जनाएको छ । उजुरी परेपछि पनि बयानका लागि नबोलाउँदा जनमानसमा गलत सन्देश जाने भन्दै छिट्टै बयानका लागि बोलाउँन लागिएको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार