
सोलुखुम्बुको टाप्टिङमा वृद्धभत्ता लिएर फर्किएका एक वृद्धको बाटोमै मृत्यु भएको छ ।
सल्लेरीबाट वृद्धभत्ता लिएर घर फर्कने क्रममा सोलुदूधकुण्ड नगरपालिका–१० टाप्टिङका ८५ वर्षीय सिद्धिबहादुर मगरको बुधबार मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सोलुखुम्ले जनाएको छ । सिसाखोला पुग्दा उनको जीपमै ज्यान गएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सोलुदूधकुण्ड–९ सिसाखोलामा सबैजना साथीहरु खजा खान झरेका थिए । केहीबेर कुर्दा सम्मपनि मगर जिपबाट नझरेपछि उनका साथीहरु हेर्न जाँदा उनी जीपमै मृत भेटिएका थिए । उनको शव परीक्षणका लागि जिल्ला अस्पताल फाप्लुमा राखीएको प्रहरीले जनाएको छ । उनको के कारणले मृत्यु भएको हो भन्ने बारे अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।