Logo
२०८१, ३ फाल्गुन शनिबार
|  Sat Feb 15 2025

दुर्गा प्रसाईँको अभियान सकरात्मक छः थापा


अभियन्ता दुर्गा प्रसाईंको राजा फर्काउने अभियानलाई राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले सकरात्मकरुपमा लिएको अध्यक्ष कमल थापाले बताएका छन् । शनिबार जनकपुरका सञ्चारकर्मीहरुले सोधेको प्रश्नमा राप्रपा नेपालका अध्यक्ष थापाले जवाफ दिइँदै व्यवसायी दुर्गा प्रसाईंका पछिल्लो गतिविधिलाई आफुहरुले सकारात्मक रुपमा लिएको बताएका हुन् ।

आफुहरुले गरेको परिकल्पना र दुर्गा प्रसाईँको परिकल्पना देशमा राजा फर्काउने नै भएको भन्दै थापाले प्रसाईँको अभियान सकरात्मक भएको टिप्पणी गरेका हुन् । त्यसै गरी अध्यक्ष थापाले राप्रपा नेपालले संविधान र संसदको मातहतमा रहने राजसंस्थाको परिकल्पना गरेको पनि स्पष्ट पारे ।

उनले भने ‘हिन्दु राष्ट्र र राजसंस्थाको पक्षमा आवाज उठाउनुभएको छ । त्यसलाई हामीले सकारात्मक रुपमा लिएका छौं । बिल्कुल सेरेमोनियल । संविधान र संसदको नियन्त्रणमा रहने राजसंस्थाको हामीले परिकल्पना गरेका हौँ’ थापाले भने, ‘हामीले परिकल्पना गरेको प्रजातान्त्रिक व्यवस्थामा राजादेखि माओवादी सबै अटाउन सक्छ । हामीले केवल राजसंस्था फर्काउने मात्रै कुरा गरेका छैनौं ।’

अध्यक्ष थापाले गणतन्त्रवादीहरुलाई पनि चित्त बुझ्ने खालको राजतन्त्र मुलुकमा हुनुपर्छ भन्ने मान्यतामा आफूहरु रहेको जिकिर समेत गरे । उनले राजसंस्था मुलुकमा कार्यकारी हुनुपर्छ भन्ने पक्षमा आफूहरु नरहेको बताए ।

अध्यक्ष थापाले पछिल्लो समय देशमा गणतन्त्र चाहनेहरु ठूलो संख्यामा रहेको भन्दैै गणतन्त्रवादी र राजावादी दुवैलाई चित्त बुझ्ने सहमति र सम्झौताको राजसंस्था आफुहरुले चाहेको बताए । थापाले राजादेखि माओवादी सबै अटाउने मौलिक प्रजातन्त्रको कुरा आफुहरुले गरेको भन्दै निरंकुश वा कार्यकारी हुने भन्ने कुरामा प्रश्नै नहुने बताए ।

अध्यक्ष थापाले आफूहरुले राजादेखि माओवादीसम्म सबै अटाउने मौलिक खालको प्रजातान्त्रिक व्यवस्थाको कुरा गरेको पनि दोहोर्याए । मेडिकल व्यावसायी दुर्गा प्रसाईँलले देशमा राजा फर्काउने अभियान चलाई रहेका छन् ।

पछिल्लोसमय केही ठूला दलहरुलेसमेत उनको अभियानमा समर्थन गर्न थालेका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार