Logo
२०८१, ४ माघ शुक्रबार
|  Fri Jan 17 2025

भक्तपुरको कवाडी केन्द्रमा भीषण आगलागी


भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नम्बर ४ कमेरोटारमा रहेको एक कवाडी सङ्कलन केन्द्रमा भीषण आगलागी भएको छ । कवाडी सङ्कलनमा शनिवार दिउँसो २ बजेदेखि आगलागी सुरु भएको होे ।

दिउँसोदेखि लागेको आगो नियन्त्रणमा लिने प्रयास भइरहेको जुद्ध वारुणयन्त्र कार्यालय भक्तपुरले जनाएको छ । आगो नियन्त्रणका लागि जुद्ध वारुण यन्त्र कार्यालय भक्तपुरबाट २ वटा दमकल, नेपाली सेनाको दमकल र काठमाडौंबाट समेत दमकल मगाएर आगो नियन्त्रणको प्रयास भइरहेको छ ।

आगलागीबाट कवाडी सङ्कलन केन्द्रमा राखिएका सामग्रीहरू नष्ट भएको छ । कसरी आगलागी भयो भन्ने बारे खुलिनसकेको र कवाडी सामान धेरै भएकाले आगो नियन्त्रणमा लिन समस्या भइरहेको जुद्ध वारुणयन्त्र कार्यालय भक्तपुरले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार