Logo
१० जेष्ठ २०८२, शनिबार
|  Sat May 24 2025

आफैंले चलाएको आरो उछिट्टिएर रेटिँदा एकको मृत्यु


धादिङ्गको नीलकण्ठ नगरपालिका–८ साघुटारमा आफैंले चलाएको विद्युतीय आरोले काटेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा साघुटारका ३८ वर्षीय राजकुमार श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यलय धादिङ्गले जनाएको छ ।

प्रहरीका अनुसार अमरावती सामुदायिक वन काँटछाँट गर्ने क्रममा दाउरा काट्न आफैले प्रयोग गरिएको विद्युतीय आरो आफ्नै शरीरमा रेटिँदा श्रेष्ठ घाइते भएका थिए । घाइते भएका उनको जिल्ला अस्पताल धादिङ्गमा उपचारका क्रममा मृत्यु भएको हो । आराले श्रेष्ठको पेट र छातीको बायाँ भागमा काटिएको छ ।

रूख काट्दा चलाएको आरो उछिट्टिएर श्रेष्ठलाई लागेको प्रत्यक्षदर्शीले बताएका छन्।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार