Logo
२९ चैत्र २०८२, सोमबार
|  Mon Apr 13 2026

‘भैया जाने हो’ रु भनेकै भरमा प्रहरी हिरासतमा पुगे बसका चालक र सहचालक


‘भैया जाने हो’ ? भनेकै भरमा प्रहरी हिरासतमा पुगे बसका चालक र सहचालक । यात्रुलाई अपशब्द प्रयोग गरेको आरोपमा एक सार्वजनिक यातायातका सवारी चालक र सहचालक प्रहरी हिरासतमा पुगेका छन् ।

एक यात्रुलाई आपमानजनक अपशब्द प्रयोग गरेको र गाली गलौज गरेको आरोपमा चालक र सहचालक प्रहरी हिरासतमा पुगेका हुन् । काठमाडौं महानगरपालिका–३२, तिनकुनेस्थित एक सार्वजनिक स्थानमा बसका चालक शेकबहादुर पौडेल र सह–चालक बिक्रम कार्कीले सडक छेउमा बसिरहेका एक व्यक्तिलाई भेदभाव पूर्ण र अपमानजनक व्यवहार गरेको भन्दै जाहेरी परेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार, उनीहरुविरुद्ध अपशब्द प्रयोग गरेर गालीगलौज गरेको जिकिरसहित मुलुकी अपराध संहिता, २०७४ को दफा १६० बमोजिम कारबाही गर्न भन्दै प्रहरी वृत्त, बानेश्वरमा केहिदिन आगाडी किटानी जाहेरी परेको थियो । त्यसपछि उनीहरुलाई पक्राउ गरेर प्रहरीले हिरासतमा राखेको थियो ।

पक्राउ परेपछि प्रहरीसमक्ष बयान दिँदै सहचालक विक्रमले तिनकुनेमा जाहेरी दिने व्यक्तिलाई ‘भैया जाने हो’ भनेको उल्लेख गरेका छन् । भैया भन्ने शव्दले ती व्यक्तिले रिसमा जवाफ फकाएका थिए । त्यसपछि उनले विवाद गरेको र त्यही क्रममा चालक शेकबहादुर पौडेलले पनि बसबाट झरेर गाली गलौज गरेको बिक्रमको बयान छ । चालक पौडेल र सहचालक कार्की दुवैजना मिलेर ती व्यक्तिलाई जात, भाषा, धर्म र वर्णको आधारमा तथानाम गाली गरेको उनिहरुमाथि आरोप लागेको छ ।

अहिले दुवैको बयान र अनुसन्धान सकेर प्रहरीले बुझाएको रायसहितको प्रतिवेदनका आधारमा जिल्ला अदालत, काठमाडौंमा जातको आधारमा छुवाछुत वा भेदभावपूर्ण व्यवहार गर्नु नहुने कसूरमा मुद्दा दर्ता भएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार