
कञ्चनपुरमा विद्यार्थी संगठनहरुले सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री झपट साउँदको पुत्ला जलाएका छन् । सामाजिक विकास मन्त्रालय तथा मन्त्रीका कारण कञ्चनपुरका राहुल नेपालीले चिकित्सा शिक्षा अध्ययन गर्न नपाएको आरोप लगाउँदै विद्यार्थीहरुले मंगलबार पुत्ला दहन गरेका हुन् ।
विद्यार्थी संगठनले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै सुदूरपश्चिम सरकारले एमबीबीएस अध्ययनका लागि वितरण गर्दै आएको छात्रवृत्तिमा राहुलको नाम समावेश भएपनि मन्त्रालयको बेवास्ता र गैरजिम्मेवारीपनको कारण जारी गरेको अन्योलपूर्ण पत्रले भर्नाबाट अलग भएको दाबी गरेका छन् ।
उनीहरुले एमबीबीएस भर्नाको सुनिश्चितता नगरे कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।