नेकपा एमालेले बिहीबार सचिवालय बैठक बोलाएको छ । बुधवार बसेको पार्टी केन्द्रीय कार्यालयको बैठकले बिहीबार दिउँसो ३ बजेका लागि सचिवालय बैठक बोलाएको पार्टीका एक नेताले बताए।
‘बैठक पार्टी कार्यालय च्यासलमा बस्ने उनको भनाई छ । एमाले केन्द्रीय समिति बैठकले पछिल्लो राजनीतिक अवस्थाको विश्लेषणसहित पार्टीको आगामी कार्यक्रम तय गर्ने नेताहरूले बताएका छन् ।





