Logo
२०८१, ४ माघ शुक्रबार
|  Fri Jan 17 2025

कपिलवस्तु बस दुर्घटना अपडेटः मृतक १० जनाकै सनाखत


कपिलवस्तुको सुरही पुल नजिक भएको बस दुर्घटनाका सबै मृतकको पहिचान खुलेको छ। कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर १ सुरही पुल नजिकै बुधबार राति साढे १२ बजेतिर बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको थियो।

मृत्यु हुनेमा रौतहट औरही नगरपालिका वडा नम्बर ३ का ४६ वर्षीय नारायणबहादुर भण्डारी, कालिजंग गण गोरुसिंगेमा कार्यरत अर्जुनकुमार योगी, भारत उत्तरप्रदेश मुरदाबादका सकिल मुसलमान रहेको खुलेको छ। कञ्चनपुर भीमदत्त नगरपालिका वडा नम्बर १ का २७ वर्षीय राहुलराम कामी, सोही नगरपालिका वडा नम्बर ४ का २४ वर्षीय उमेश भण्डारीको पनि दुर्घटनामा मृत्यु भएको छ।

त्यस्तै, भीमदत्त नगरपालिक १६ कि सञ्जु थापा, भिमदत्त नगरपालिका नै बस्ने खगेश्वरी खाती, सोही नगरपालिका वडा नम्बर २ बस्ने सुदिप भट्टको पनि पहिचान खुलेको छ। मृत्यु हुनेमा पुनर्वास नगरपालिका किसन भट्ट, त्यही नगरपालिका वडा नम्बर ९ बिसफाटा बस्ने विमलादेवी भट्टको दुर्घटनामा ज्यान गएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको सुनौलो महाकाली यातायातको सु.प.प्र–०२–००१ ख ००९८ नम्बरको बस सडकबाट झन्डै दुई सय मिटर तल खोलामा खसेको थियो।

दुर्घटनामा ३० जना घाइते भएका छन्।


प्रतिक्रिया दिनुहोस !
विचार