Logo
२०८१, ४ बैशाख मंगलवार
|  Tue Apr 16 2024

‘भ्यालेन्टाइन डे’ मनाउने भन्दै साथीको कोठामा लगेर किशोरीको बलात्कार


भ्यालेन्टाइन डे मनाउन भन्दै ललाइफकाइ कोठामा बोलाएर एक नाबालिगमाथि बलात्कार गरेको घटना सार्वजनिक भएको छ । सिराहाको लहान नगरपालिकाको वडा नम्बर १ स्थित साथीको कोठामा लगेर एक नाबालिगलाई बलात्कार गरेको घटना बाहिरिएको हो ।

‘भ्यालेन्टाइन डे’ मनाउन कोठामा बोलाएर १८ वर्षीय निकेश यादवले १५ बर्सिया नाबालिगलाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ । लहान नगरपालिका १ स्थित अरुण यादवले भाडामा लिएर बस्दै आएको कोठामा निकेश यादवले नाबालिगमाथि बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको सिराहा प्रहरीले जनायो । अरुण यादव निकेश यादवको साथी हुन् ।

बुधबार भ्यालेन्टाइन डे मनाउने भन्दै निकेशले अरुणको कोठामा बालिकालाई ललाफकाई लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ । बलात्कृत बालिका सुखिपुरकै हुन् । लहानमै अध्ययनरत बालिका पनि कोठा भाडामा लिएर बस्दै आएकी थिइन् ।
प्रहरीका अनुसार बुधबार दिउँसो बलात्कृत बालिका अत्यधिक रक्तश्राव भएर भएर बेहोस भएकी थिइन् । अहिले उपचारपछि उनको अवस्था सामान्य बनेसँगै पीडितलाई घर पठाइएको सिराहा प्रहरी बताउँछ । सिराहा प्रहरीका अनुसार बलात्कारको ५–६ घण्टापछि पीडितको आफन्तले प्रहरीलाई खबर गरेको थियो । सुचना पाए लगत्तै घटनास्थल पुगेर प्रहरीले प्रमाण जुटाउने काम ग¥यौं । बिहीबार बिहान सवा ३ बजे पीडकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका पीडक र पीडित बालिका दुबैजनाको मेडिकल गराएर बाँकी प्रक्रिया आगाडि बढाइएको प्रहरीको भनाइ छ । पीडक यादवलाई इलाका प्रहरी कार्यालय लहानमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुबैजना साथी नै रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

अहिले पीडक यादवमाथि जबरजस्ती करणी मुद्दा अन्तर्गत म्याद थप गरेर कानुनी प्रक्रिया अगाडि बढाइएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार