Logo
२०८१, २ बैशाख आईतवार
|  Sun Apr 14 2024

ओली र देउवासँग प्रधानमन्त्रीको भेटवार्ता


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता व्यक्तिहरूको छानबिन आयोग सम्बन्धी विधेयक बारे प्रधानमन्त्री दाहालले कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बालुवाटारमा छुट्टाछुट्टै भेटवार्ता गरेका हुन् ।

आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्डले दुई नेतासँग छुट्टाछुट्टै भेटवार्ता गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार