Logo
२०८१, १ श्रावण मंगलवार
|  Tue Jul 16 2024

राष्ट्रिय सभा अध्यक्षसहित २० सदस्यको कार्यकाल आज सकिँदै


राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहित २० जनाको कार्यकाल आज सकिँदै छ ।

आजबाट कार्यकाल सकिनेमा राष्ट्रिय सभाका अध्यक्ष र दुई राज्यमन्त्रीसहित २० जना सदस्य छन् । एमालेबाट निर्वाचित राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रमुख सचेतक भैरव सुन्दर श्रेष्ठ, इन्दु कडरिया, कुमार दसौँदी, दीपा गुरुङ, दिलकुमारी रावल थापा, नरपति लुवार र रामचन्द्र राईको कार्यकाल आज सकिँदैछ । यस्तै मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत विमला राई पौड्यालको पनि आजै कार्यकाल सकिँदैछ ।

नेपाली कांग्रेसको तर्फबाट राष्ट्रिय सभा संसदीय दलका नेता रमेशजंग रायमाझी, अनिता देवकोटा, प्रकाश पन्थ र जितेन्द्रनारायण देवको पनि कार्यकाल आज सकिँदै छ । यस्तै माओवादी केन्द्रबाट विना पोखरेल, महेशकुमार महरा, हरिराम चौधरी तथा एकीकृत समाजवादीका तर्फबाट नन्दा चपाईं, सिंगबहादुर विश्वकर्मा र जसपाकी प्रमिलाकुमारी यादव तथा स्वतन्त्र सांसद खिमलाल देवकोटाको पनि आजै कार्यकाल सकिँदैछ ।

आजदेखि रिक्त हुने २० मध्ये १९ पदमा निर्वाचन भइसकेको छ । निर्वाचित सदस्यहरुले सोमबार शपथग्रहण गर्दैछन् ।


प्रतिक्रिया दिनुहोस !
विचार