Logo
२०८१, २६ मंसिर बुधबार
|  Wed Dec 11 2024

रविपछि प्रधानमन्त्रीको अफर ओलीलाई, प्रचण्डसँग बदला लिएरै छाड्ने ध्याउन्नँमा कांग्रेस


प्रचण्डले अकस्मात धोका दिँदै एमाले सहितको गठबन्धन गरेपछि रन्थनिएको नेपाली कांग्रेसले प्रचण्डसँग जसरी पनि बदला लिने तयारी गरेको छ । त्यही तयारी स्वरुप मंगलबार अनौपचारिक रुपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रधानमन्त्रीको अफर गरेको कांग्रेसले रवि लामिछानेले आँट नगरेपछि प्रधानमन्त्रीको अफर ओलीतिर तेस्र्याएको छ । एमालेका उच्च तहका नेतालाई देउवाले नै फोन गरेर प्रधानमन्त्रीको अफर गरेको कुरा बाहिरिको हो । जसलाई एमालेका नेताहरुले समेत पुष्टी गरेका छन् । यद्यपि नेकपा एमालेका नेताहरुले भने नयाँ गठबन्धन हुँडल्न कांग्रेसले दुस्प्रयास गरेको आरोप लगाएका छन् । राजनीतिक परिस्थिती निकै अघि बढिसकेपछि कांग्रेसले त्यस्तो दुस्प्रयास गर्नुको कुनै औचित्य नहुने उनीहरुको भनाई छ ।

एमालेका नेताहरुले कांग्रेसले ओलीलाई प्रधानमन्त्रीको अफर गरेको कुरालाई दुस्प्रयास भनिरहँदा एमालेका केही उच्चपदस्थ नेताहरु भने कांग्रेसको प्रस्तावलाई सकारात्मक रुपमा लिनुपर्ने पक्षमा देखिएका छन् । प्रचण्डले फेरि पनि धोका दिन सक्ने भन्दै उनीहरुले कांग्रेसले राखेको प्रस्तावलाई अन्यथा लिन नहुने धारणा राखेका छन् । कांग्रेसको नयाँ प्रस्तावसँग एमाले वृत्त यतिबेला तरंगित बनेको छ । अघिल्लो वर्ष प्रचण्डले आफूहरुलाई २ महिनामै धोका दिएको कुरा बिर्सन नहुने भन्दै उनीहरुले कांग्रेसले ठोस रुपमा यो प्रस्ताव ल्याएको हो भने यसमा छलफल गर्नुपर्ने बताएक छन् । कांग्रेसको प्रस्तावबारे एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका माथिल्लो तहका नेताहरुलाई ब्रिफिङ गरिसकेका छन् ।

यता रवि लामिछानेलाई मंगलबार मात्रै प्रधानमन्त्रीको अफर गरेको कांग्रेसले रवि लामिछानेले आँट गर्न नसक्ने बुझेपछि प्रधानमन्त्रीको अफर माधवकुमार नेपाललाई समेत गरेको नेकपा एकीकृत समाजवादीको विश्वस्त स्रोतले जनाएको छ । स्रोतका अनुसार एकाबिहानै कोटेश्वरस्थित एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालको निवासमा पुगेका कांग्रेस सभापति शेरबहादुर देउवाले माधवकुमार नेपाललाई मिलेर अघि बढ्न प्रस्ताव गरेका छन् । प्रचण्डबाट पटक पटक धोका पाएको कुरा सुनाउँदै देउवाले माधव नेपाललाई प्रचण्डको लोभमा नफस्न सुझाव दिएका छन् । राजनीतिक जीवनको उतरार्धमा अब पनि प्रचण्डका पछि लाग्नु भनको पछुताउनु बाहेक अर्को केही नहुने भन्दै देउवाले प्रचण्ड जस्तो धोकेबाजसँग मिलेर बदला लिनुपर्ने बताएको बैठकमा सहभागी एक नेताले जानकारी दिए । जवाफमा माधव नेपालले परिस्थिती विचार गरेर अघि बढ्न सकिने बताएका छन् । छलफल सकारात्मक दिशामा अघि बढेको उनको भनाई छ । कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा र नेता रमेश लेखकलाई लिएर एका बिहानै माधवकुमार नेपालको घर कोटेश्वरमा पुगेका थिए । यसअघि हिजो साँझ मात्रै माधव नेपाललाई फकाउँन प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली माधवकुमार नेपालको कोटेश्वर स्थित घरमा गएका थिए । पछिल्लोपटक प्रधानमन्त्री पद खुस्किएपछि माधव नेपालको नाम समेत सुन्न नचाहने ओली माधव नेपालको घरमा जानुलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रुपमा लिइएको थियो ।

नेपाली कांग्रेसले माधव नेपाल सहितको गठबन्धन बनाउन सक्ने भयले नेपाललाई फकाउँन ओली र प्रचण्ड माधव नेपालको घरमा पुगेका हुन् । तर, ओली र प्रचण्ड माधव नेपालको घरमा पुगेको भोलिपल्ट बिहानै शेरबहादुर देउवा पनि पुगेपछि यतिबेला माधव नेपाल अन्यौलमा परेका छन् । प्रचण्ड र ओलीवाला गठबन्धनबाट आफू प्रधानमन्त्री बन्ने सम्भावना नभएको देखेका माधव नेपाल देउवाको प्रस्तावमा सहमत हुन सक्ने राजनीतिक वृत्तमा आँकलन गरिएको छ ।

जसरी पनि प्रचण्डसँग बदला लिने ध्याउन्नँमा रहेको कांग्रेसले प्रधानमन्त्रीको अफर उता जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई पनि गर्न सक्ने बुझिएको छ । रवि लामिछाने , केपी ओली, माधव नेपाललाई प्रधानमन्त्रीको प्रस्ताव गरेको काग्रेसले कोही कसैले नमानेको खण्डमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनलाई पनि मनाउँन सक्ने देखिन्छ । कांंग्रेसले सरकारमा जान नहतारिनका लागि माओवादी बाहेकका सबै दललाई सम्झाइरहेको छ । राजनीतिको खेलोफड्को यही गतिमा अघि बढ्यो भने भुँइँको टिप्न खोज्दा प्रचण्डले पोल्टाकै सामल नगुमाउलान् भन्न सकिन्नँ । कांंग्रेससँगको बलियो गठबन्धन त्यागेर नयाँ गठबन्धन बनाएका प्रचण्ड जान्ने हुँदाहुँदै प्रधानमन्त्रीको कुर्सीबाट उछिट्टिए भने त्यति अनौठो नहोला ।


प्रतिक्रिया दिनुहोस !
विचार