Logo
१३ असार २०८३, शनिबार
|  Sat Jun 27 2026

सिन्धुलीमा गाडी दुर्घटना हुँदा १२ घाइते


सिन्धुलीको दुधौली–१, हप्ते डाँडामा गाडी दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

प्र २–०४–००१ च ००५६ नम्बरको बोलेरो गाडी अनियन्त्रित भएर सडकबाट अन्दाजी १५ फिट तल खसेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बोलेरोमा सवारमध्ये १२ जना घाइते भएका छन्।

घाइते हुनेहरुमा महोत्तरीका पवन यादव, ललितादेवी यादव, रामकुमारी महतो, रामएकचाल सिंह, विवाकुमारी सिंह, चन्द्रकुमारी सिंह, निलम यादव छन् । उनीहरुको वर्दिवासस्थित जनसेवा अस्पतालमा उपचार भइरहेको छ ।

घाइते धिरज सिंह, सोभा सिंह, मञ्जु सिंह, अन्जु सिंह र राम अवतार महतोको भने आरएनके पोलिक्लिनिकमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये धिरज सिंह र सोभा सिंहको अवस्था गम्भीर रहेको इन्स्पेक्टर कटुवालले बताए ।

दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार