दुई कौडीको समेत औकात नभएका सडकछापहरु (तथाकथित राजावादी गिरोह) का अगाडि कसरी अस्तित्वहिन हैसियतमा पुगे होलान् विश्व महाशक्तिहरु नरेन्द्र मोदीदेखि सि जिङ पिङ हुँदै पुटिन र जो वाइडेन सम्म है ?
राजा, दरबार, सम्पर्क सुत्र (ब्यक्ति) सँग गर्नुपर्ने कुरा, संवाद, छलफल, बिचारविमर्श दुई कौडीको समेत औकाद हैसियत नभएका सडकछाप (तथाकथित राजावादीहरु) सँग गर्दा हुन् त ?
न राजालाई थाहा छ न दरबारलाई न सम्पर्क सुत्रलाई नै तर सिधा सूचना सडकछाप कहाँ आइपुग्छ, मानौं कि प्रत्यक्ष दिनहुँ संवाद, कुराकानी, भेटघाट, खानपिन भईरहेको जस्तो ।
कहिले भन्या छ भारतले राजा फर्काउँदै छ त कहिले चीन त कहिले अमेरिका, त कहिले को त कहिले के !
कहिले मोदी त कहिले सि जिन पिङ त कहिले वाइडेन त कहिले पुटिनसँग कुरा मिल्छ त कहिले सिग्नल आउँछ त कहिले …………….!
कहिले ओली त कहिले प्रचण्ड त कहिले देउवा त कहिले माकुने त कहिले बालेन त कहिले रवी त कहिले राजेन्द्र लिङ्देन त कहिले केशर बहादुर त कहिले दुर्गा प्रसाईं त कहिले को त कहिले को, ……………!
फेरि समय, दिन, महिना, गते, तिथिमिति पनि तोकेरै भुक्ने हुन है, ज्योतिषका नाजायज ………… हरु !
यी पागल मनरोगी मानसिक सन्तुलन बिग्रेका को कुरा सुन्दा–हेर्दा–पढ्दा अब वाक्क दिक्क लाग्न थाल्यो !
विषय सान्दर्भिक मिथिला – मैथिलीको भनाइहरु सम्झिन्छु म,
“बाप के नाम सागपात आ बेटा के नाम परवल !“
“बाप मरे अन्हरिया में आ बेटा के नाम पावर हाउस !“
“पेट मे खर नै आ सिंह मे तेल !“
“गाइर खत्ते–खत्ते आ लोटा पालिकी में !“
यो सामाजिक संजाल र युट्युबले पनि कस्तो–कस्तो दिन देखाउन थाल्यो, हरे शिव
मनोगत भाइरल हुने बिमारीले ग्रस्त दुईकौडीका सडकछाप मनुवा गिरोह । दुईकौडीको समेत औकाद नभएका को बोलीमा लगाम नलगाए सम्म केही हुन्न, राजसंस्था पुनः स्थापना युट्युब र फेसबुकमै सिमित !