Logo
२०८१, ४ माघ शुक्रबार
|  Fri Jan 17 2025

मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु


भक्तपुरमा सल्लाघारी जाँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा काभ्रेको बनेपा नगरपालिका–७ का मणिराज घिमिरे रहेका छन् । दुर्घटनामा परी गम्भीर घाइते भएका मणिराजको मध्यपुर थिमि अस्पतालमा उपचारका क्रममा राति पौने २ बजे मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बागमती प्रदेश ०२–०३२ प ३३१३ नम्बरको मोटरसाइकल शनिबार राति १२ः४३ बजे सूर्यविनायक नगरपालिका–५ चुनदेवी आकासे पुल नजिक दुर्घटना भएको थियो ।


प्रतिक्रिया दिनुहोस !
विचार