Logo
२०८१, ३ फाल्गुन शनिबार
|  Sat Feb 15 2025

देशकै ठुलो प्लाई उद्योग भगवती लेमिनेट्समा आगलागी


झापाको मेचीनगर– १५ ज्यामिरगढीमा रहेको देशकै ठुलो भगवती लेमिनेट्स प्लाइउड कारखानामा आगलागी भएको छ ।

आज बिहान ५ बजेदेखि आगलागी भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। आगो अझै नियन्त्रणमा लिन नसकेको प्रहरीले बताएको छ । आगलागी नियन्त्रणका लागि ८ वटा दमकल प्रयोग गरिएको छ । उद्योगको कच्चा पदार्थमा बढी क्षति पुगेको छ । तयारी माल भने जोगिएको प्रहरीले बताए ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा स्थानीयले आगो निभाउने प्रयास गरिरहेको प्रहरीले जनाएको छ । आगलागीको कारण अनुसन्धान भइरहेको र आगलागीबाट कति क्षति भयो भन्ने विषय अहिले नै यकिन नभएको प्रहरीले बताए ।

उद्योगमा नेपाली र भारतीयसहित हजारभन्दा बढी श्रमिक कार्यरत छन् भने करोडौँ रुपैयाँ लगानी भएको उद्योगीको भनाई छ ।


प्रतिक्रिया दिनुहोस !
विचार