Logo
२०८१, २ बैशाख आईतवार
|  Sun Apr 14 2024

उदयपुरमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु


उदयपुरमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

धरानबाट भोजपुरको दक्षिण घोरेटारतर्फ जाँदै गरेको जीप उदयपुरको मैनमैनीमा दुर्घटना हुँदा घटनास्थलमै छ जनाको मृत्यु भएको र अन्य आठ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

को १ ज २५९३ नम्बरको जीपमा १४ जना सवार रहेका सूचना प्राप्त भएको प्रहरीले जनाएको छ । जीप चालक मानबहादुर बस्नेतबाहेक अन्य मृतकको सनाखत भइसकेको छैन ।

घटनास्थलमा उद्धार कार्य जारी रहेको र घाइतेलाई थप उपचारका लागि धरान लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार