Logo
२०८१, ३ फाल्गुन शनिबार
|  Sat Feb 15 2025

लुटेरा समूहको गोली लागेर रौतहटमा एक जना गम्भिर घाइते


रौतहटमा लुटेरा समूहको गोली लागेर एकजना गम्भिर घाइते भएका छन् ।

घाइते हुनेमा शिवम मनि ट्रान्सफरका सञ्चालक नितेश साह रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । उनको कन्चटमा गोली लागेको छ । प्रहरीका अनुसार रौतहटको परोहा नगरपालिका–९ रामपुरखाप स्थित मनि ट्रान्सफरमा शुक्रबार दिउँसो १ बजे लुटेराहरुले गोली हानेका हुन् ।

प्रहरीका अनुसार गोली लागि घाइते भएका साहलाई उपचारका लागि वीरगञ्ज पठाइएको छ । उनको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । घटनामा संलग्न तीन जनालाई नियन्त्रणमा लिइएको छ । उनीहरुको साथबाट एक थान कटुवा पेस्तोल पनि बरामद गरेको प्रहरीले बताए।

प्रहरीका अनुसार मनिषकुमार यादव, राजाकुमार पासवान र चन्द्रभान सिंहलाई घटनामा संलग्न भएको आरोपमा पक्राउ गरीएको हो ।


प्रतिक्रिया दिनुहोस !
विचार