
कालिकोट खाँडाचक्र नगरपालिका–५ दाम्रीको नवदुर्गा सामुदायिक वनमा लागेको आगो निभाउन गएका बाबुछोरी जलेर गम्भिर घाइते भएका छन् ।
सामुदायिक वनमा लागेको आगो निभाउन पुगेका स्थानीय नन्दराम चौंलागाइं र उनकी छोरी हेमन्ती चौलागाईं घाइते भएको प्रहरीले जनाएको छ । बाबुछोरी वनमा बाख्रा चराउन गएका थिए ।
जिल्ला अस्पताल मान्ममा उपचारका लागि लगिएका नन्दरामको शरीर ६० प्रतिशत र हेमन्तीको ७० प्रतिशत भाग जलेको स्वास्थ्य सेवा कार्यालय कालीकोटले जनाएको छ ।
जिल्लामा प्राथमिक उपचारपछि थप उपचारका लागि स्वास्थ्यकर्मीसहित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाईएको छ ।