Logo
२०८१, २ बैशाख आईतवार
|  Sun Apr 14 2024

रोेकिराखेको ट्रकमा बस ठोक्किंदा एक जनाको मत्यु


चितवनको जलबिरेमा रोेकिराखेको ट्रकमा बस ठोक्किंदा एक जनाको मत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् ।

गएराति नारायणगढ–मुग्लिन सडकअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–६ जलबिरेमा भएको दुर्घटनामा भारत मोतिहारीका गौरी दासको मत्यु भएको र अन्य चार जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

रौतहटको गौरबाट पोखराको लागि छुटेको ग १ ख ८५२४ नम्बरको बस रोकिराखेको ना ६ ख ३२८० नम्बरको ट्रकमा ठोक्किएको थियो ।

घाइतेहरुको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार