Logo
२०८१, २ बैशाख आईतवार
|  Sun Apr 14 2024

यो वर्ष देशभरबाट ५ लाख विद्यार्थीले परीक्षा दिने


यस वर्ष हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)का लागि देशभरबाट ५ लाख ३ हजार भन्दा बढी विद्यार्थीले एसईई दिन परीक्षा फारम भरेका छन् । चैत्र १५ गतेबाट सुरु हुने (एसईई) परीक्षामा उक्त संख्यामा विद्यार्थीहरुले परीक्षा फारम भरेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

परीक्षा चैतको १५ गतेबाट सुरु भएर २७ चैतमा सकिने छ । बोर्डले परीक्षाको लागि प्रश्नपत्र देशभरका ७४ जिल्लामा पठाइसकेको छ ।

काठमाडौँ उपत्यकाका तीन वटै जिल्लामा केही दिनमा पठाउने तयारी भइरहेको राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

 


प्रतिक्रिया दिनुहोस !
विचार