Logo
२०८१, २५ मंसिर मंगलवार
|  Tue Dec 10 2024

शालिन पोखरेल मृत्यु प्रकरणः ३ जनाविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा


शालिन पोखरेल मृत्यु प्रकरणमा जिल्ला अदालत चितवनमा आत्महत्या दुरुत्साहन मुद्दा दर्ता गरिएको छ ।

शिशु निकेतन स्कुलका प्रिन्सिपलसहित ३ जनाविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दर्ता गरिएको जिल्ला सरकारी वकिल कार्यालय चितवनले जानकारी दिएको छ। पीडित परिवारले ज्यान सम्बन्धी कसुरमा जाहेरी दिएपनि सो कसुरमा प्रमाण नजुटेपछि मुद्दा परिवर्तन गरिएको हो ।

शालिन मृत्यु प्रकरणमा रत्ननगर नगरपालिका–१० बस्ने ६० वर्षीय प्रिन्सिपल बालहरी देवकोटा, ४० वर्षीय किरण बहादुर अधिकारी र ४८ वर्षका कमल शर्मा पौडेल पक्राउ परेका छन् । चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतनको होस्टेलमा शालिन पोखरेल फागुन १२ मा मृत फेला परेकी थिइन् ।

पक्राउ परेकाहरू मध्ये एकजना भाइस प्रिन्सिपल र अर्का होस्टलको वार्डेन हुन् ।


प्रतिक्रिया दिनुहोस !
विचार