Logo
२०८१, ३ फाल्गुन शनिबार
|  Sat Feb 15 2025

धादिङ्गको जंगलमा लागेको आगो निभाउन जाँदा पूर्व फौजीको मृत्यु


बेनिघाट रोराङ गाउँपालिका–२ ताल्ती जंगलमा लागेको आगो निभाउन जाँदा एकजनाको मृत्यु भएको छ।

सोमबार वनमा लागेको आगो निभाउन जाँदा सोही ठाउँका संरक्षणकर्मी ४२ वर्षीय थान बहादुर थापा मगर (पूर्व फौजी)को ज्यान गएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

जंगलमा डढेलो लागेपछि उपभोक्ता संरक्षणकर्मीहरु डढेलो निभाउन गएका थिए। थान बहादुर आगो निभाउन लाग्दा सोही स्थानको भालुखोप भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतकको शव धादिङ अस्पतालमा पोस्टमार्टम गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार