Logo
२०८१, २ बैशाख आईतवार
|  Sun Apr 14 2024

चट्याङ लागेर सहायक हवल्दार माझीको मृत्यु


पाँचथरमा चट्याङ लागेर एक जना प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ । मृत्यु हुनेमा प्रहरी चौकी गोपेटारमा कार्यरत ३५ वर्षीय प्रहरी सहायक हवल्दार पाण्डवकुमार माझी रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । गएराति पानीसँगै परेको चट्याङ लागेर उनको मृत्यु भएको हो ।

प्रहरीका अनुसार माझी ११ः२० बजे चौकीको ढोकामा उभिएका थिए । ढोकामा उभिएका माझी चट्याङको झड्काले गम्भिर घाइते भएका थिए । गम्भिर घाइते उनलाई चौकीमा रहेका अन्य प्रहरीले उपचारका लागि नजिकैको प्राथमिक स्वास्थ्य केन्द्र गोपेटार पुर्‍याएका थिए ।

प्राथमिक उपचारपश्चात् थप उपचारका लागि मध्यरात जिल्ला अस्पताल पुर्‍याएका माझीलाई चिकित्सकले करिब राति १२ बजे मृत घोषित गरेको प्रहरीले जनाएको छ ।

मोरङको ग्रामथान गाउँपालिका–४ घर भएका ३५ वर्षीय माझी इलाका प्रहरी कार्यालय मौवामा दरबन्दी भई प्रहरी चौकी गोपेटारमा कार्यरत रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

मृतक माझीको शव परीक्षणका लागि जिल्ला अस्पतालको शव गृहमा राखिएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार