Logo
२०८१, ४ बैशाख मंगलवार
|  Tue Apr 16 2024

‘मेरी बास्सै’ का कलाकार दारी बा र काजी बा पुगे कुलेश्वरको नयाँ रेस्टुराँ मिट्पार्क, सुनाए आफ्ना अनुभव


काठमाडौँको कुलेश्वरमा मिट्पार्क–नन्भेज हेभन रेस्टुराँ खुलेको छ । किरण गौतम, प्रकाश सापकोटा लगायत तीन जना व्यवसायीको लगानीमा रेस्टुराँ सञ्चालनमा आएको हो ।

यसै चैत ३ गते चर्चित हास्य टेलिसिरीयल ‘मेरी बास्सै’ का वरिष्ठ कलाकार सुरवीर पण्डित (दारी बा) र रामचन्द्र अधिकारी (काजी बा) को उपस्थिीतिमा रेस्टुराँको औपचारिक उद्घाटन भएको छ । सोही क्रममा कलाकारद्वय दारी बा र काजीबाले आफ्ना खानपानबारे अनुभब सुनाएका थिए । नयाँ रेस्टुराँ मिट्पार्क–नन्भेज हेभन रेस्टुराँका परिकारको स्वाद लिएपछि दुबैजनाले तारिफ गरेका थिए ।

मिट्पार्क—नन्भेज हेभन रेस्टुराँले आफ्नो मेनुमा उपलब्ध परिकारहरूमा चैत महिनाभरी १० प्रतिशत छुटको व्यवस्था गरेको छ । सञ्चालकका अनुसार दुई वटा बियर खरिद गर्दा एक पुन्टे बियर र एक सेट सेकुवा निःशुल्क उपलब्ध गराईने छ । दाउराको आगोमा बनाईने सेकुवा यहाँको विशेष परिकार हो । यसबाहेक चिकेनका बिभिन्न आइटमहरु यहाँ उपलब्ध छन् । तीन वटा बेग्ला–बेग्लै क्याबिनको सुबिधा भएको मिट्पार्कमा एकै पटकमा १ सय ५० जना बस्न मिल्ने क्षमता छ ।

बिभिन्न पेन्टिङ र आकर्षक सजावट भएको मिट्पार्कमा जन्मदिन, पास्नी, भोज, वार्षिकोत्सव लगायत अन्य बिशेष कार्यक्रमहरु पनि सेलिब्रेट गर्न सकिने छ । सानीमा बैंकको छेउमै रहेको मिट्पार्कमा पर्याप्त पार्किङको सुविधा समेत छ । डेढ करोड रूपैयाँको लगानीमा सञ्चालनमा आएको यस रेस्टुराँले २५ जनालाई रोजगारी प्रदान गरेको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार