Logo
२०८१, २६ मंसिर बुधबार
|  Wed Dec 11 2024

वडा अध्यक्षहरुले लगाए नगरपालिकाको कार्यालयमा ताला


उदयपुर जिल्लाको कटारी नगरपालिका नगर कार्यपालिकाको कार्यालयमा वडा अध्यक्षहरुले ताला लगाएका छन् ।

कार्यपालिकाको बैठकका दुई तिहाई कार्यपालिका सदस्यहरुले असहमति जनाएको विषयहरुमा कार्यालय प्रमुखले एकलौटी ढङ्गबाट कार्यन्वयन गरेको भन्दै वडा अध्यक्षहरुले ताला लगाएका हुन् ।

निर्वाचित वडा अध्यक्षहरुले योजनाहरुको सम्झौता, भुक्तानी लगायतका विषयमा सेवाग्राहीलाई अनावश्यक झन्झट दिने गरेको, सम्झौताका लागि पटक पटक धाउनुपर्ने अवस्था सिर्जना भएको, कार्यलयमा प्रमुख प्रशासकिय अधिकृत, कार्यलय समयमा बस्ने नगरेको, पटक पटक प्रमुख प्रशासकिय अधिकृतलाई कार्यलयमा बस्नुपर्ने सेवा प्रवाह सहज बनाउनु पर्ने लगाएतका विषयमा ध्यानाकार्षण गराउदा समेत अटेर गरि गैरजिम्बेवारपूर्ण अभिव्यक्ति दिने गरेकाले बाध्य भएर ताला लगाउनुपरेको भन्दै विज्ञप्ति समेत जारी गरेका छन् ।

कार्यलयमा प्रमुख प्रशासकिय अधिकृत, योजना शाखाका इन्जिनियर, अनुगमन समितिका संयोजक पालै पालो कार्यलयमा उपस्थित नहुदा भुक्तानीका लागि आएका सेवाग्राहीहरुले समयमानै भुक्तानी नपाएको तथा पटक पटक धाउनुपर्ने अवस्था सिर्जना भएको वडा अध्यक्षहरुको भनाइ छ ।

पटक पटक ध्यानाकार्षण गराउदा समेत अटेर गरि गैरजिम्वेवारी पूर्ण अभिव्यक्तिहरु दिने गरेकोले जनताबाट निर्वाचित वडा अध्यक्षहरुले जनताको सहजताको पक्षमा बाध्य भएर तालावन्दी गर्नुपरेको वडाअध्यक्षहरुले विज्ञप्तिमा उल्लेख गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार