Logo
२०८१, २ बैशाख आईतवार
|  Sun Apr 14 2024

विनोद चौधरी प्रहरीको कडा निगरानीमा


नेपाली कांग्रेसका सांसद विनोद चौधरीलाई प्रहरीले कडा निगरानीमा राखेको बुझिएको छ । बाँसबारी छाला जुत्ता जग्गा प्रकरणमा उनीमाथि अनुसन्धान भइरहेका कारण उनलाई कडा निगरानीमा राखिएको हो । बुधबार मात्रै सिआइबीले उनीमाथि अनुसन्धान भइरहेको जानकारी सभामुख देवराज घिमिरेलाई गराएको थियो ।

कुनैपनि सांसदलाई पक्राउ गर्नुअघि सभामुखलाई जानकारी दिनुपर्ने कानुनी प्रावधानका कारण उनीमाथि अनुसन्धान भइरहेको जानकारी बुधबार मात्रै सिआइबीले सभामुख देवराज घिमिरेलाई गराएको थियो ।

सभामुखलाई नै अनुसन्धानका विषयमा जानकारी गराइएपछि उनी जुनसुकै बेला प्रहरी नियन्त्रणमा पर्न सक्ने अनुमान गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार