Logo
२०८१, २ बैशाख आईतवार
|  Sun Apr 14 2024

सुमना हत्या प्रकरणः ६ जना पक्राउ


सुनसरीको धरानमा युवती हत्या गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

धरान १८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र डिपोट स्कुलबीचको एकान्त ठाउँमा बुधबार दिउँसो घाँटी रेटेर हत्या गरेको अवस्थामा धरान १६ की २१ वर्षीया सुमना श्रेष्ठको शव फेला परेको थियो । उक्त घटनामा अनुसन्धान गरिरहेको प्रहरीले ६ जनालाई पक्राउ गरेको हो ।

प्रहरी स्रोतकाअनुसार धरान रेल्वेलाइनमा बस्दै आएको सविन भुजेलसहित ६ जना समातिएका छन् । भुजेललाई धनकुटाको मुलघाटबाट र अन्य ५ जनालाई धरानकै विभिन्न स्थानबाट पक्राउ गरिएको हो । उनीहरूलाई शुक्रबार दिउँसो पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने प्रहरीको तयारी छ ।


प्रतिक्रिया दिनुहोस !
विचार