Logo
२०८१, २ बैशाख आईतवार
|  Sun Apr 14 2024

बझाङमा चट्याङ लागेर एक जनाको मृत्यु


बझाङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने अन्य ७ जना घाइते भएका छन् ।

शुक्रबार राति ९ बजेतिर जयपृथ्वी नगरपालिका–६ को नौरामा चट्याङ लागेर ५२ वर्षीय गजेन्द्रबहादुर सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

मृतक सिंहकी छोरी शान्ति सिंह, धिरेन्द्रबहादुर सिंह, उनकी श्रीमती निशा सिंह, छोरी कृतिका सिंह, पञ्चादेवी सिंह, उनको छोरा नितेश सिंह र छोरी लक्ष्मी सिंह घाइते भएका छन् ।

उनीहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । सबै अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

मृतकको शव परीक्षणका लागि जिल्ला अस्पतालको शव गृहमा राखिएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार