Logo
२०८१, २ बैशाख आईतवार
|  Sun Apr 14 2024

गृहमन्त्री लामिछानेलाई राज्यव्यवस्था समितिले बोलायो


गृहमन्त्री रवि लाछिानेलाई संसदको राज्य व्यवस्था तथा सुशासन समितिले बोलाएको छ ।

गृहमन्त्रालयका काम कारबाहीबारे जानकारी लिनका लागि आज बिहान ११ बजे बस्ने बैठकमा लामिछानेलाई बोलाइएको हो । समितिका सभापति रामहरी खतिवडाले लामिछानेलाई बैठकमा उपस्थित हुनका लागि पत्र पठाइएको पुष्टी गरे ।

केहीदिनअघि मात्रै पोखराको सुर्यदर्शन सहकारीका पीडितहरुले संसदको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडालाई भेटेर जिबी राई पक्राउका लागि गृहमन्त्रीलाई दबाब दिन आग्रह गरेका थिए । सोही आग्रहपछि आजको बैठकमा गृहमन्त्रीलाई बोलाइएको बुझिएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार