Logo
१६ श्रावण २०८३, शनिबार
|  Sun Aug 2 2026

एकीकृत समाजवादीले टुंगो लगायो इलाम र बझाङको उम्मेदवार


एकीकृत समाजवादीले इलाम–२ को प्रतिनिधि सभा र बझाङको प्रदेश सभा सदस्यको उम्मेदवारको टुंगो लगाएको छ। एकीकृत समाजवादीले बझाङ–१ को प्रदेश सभामा दिलबहादुर सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

त्यस्तै इलाम–२ मा जीतबहादुर राईलाई उम्मेदवार बनाउने निर्णय गरेको पार्टीका एक नेताले जानकारी दिए। राई इलामको माइजोगमाई गाउँपालिकाका पूर्वअध्यक्ष हुन्। उनी २०७४ को निर्वाचनमा अध्यक्ष निर्वाचित भएका थिए। २०७९ को निर्वाचनमा भने उनी नेकपा (एमाले) का कुशबहादुर थेवेसँग पराजित भएका थिए।

सिंह एकीकृत समाजवादीका बझाङ जिल्ला अध्यक्ष हुन्।


प्रतिक्रिया दिनुहोस !
विचार