रौतहटमा धारिलो हँसिया प्रहार गरी एक पुरुषले आफ्नी श्रीमतीको हत्या गरेका छन् ।
वृन्दावन नगरपालिका–१ का ४० वर्षीय तीर्थ वाइबाले बुधवार ३५ वर्षीया श्रीमती सोती माया वाइबाको हत्या गरेका हुन् ।
बारीमा घाँस काट्ने क्रममा विवाद हुँदा तीर्थले सोती मायाको घाँटीमा हँसिया प्रहार गरेपछि उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
प्रहरीका अनुसार श्रीमतीको हत्यापछि तीर्थले पनि आत्महत्याको प्रयास गरेका थिए । आफ्नै घाँटीमा पनि हँसियाले रेटेको अबस्थामा तीर्थलाई नियन्त्रणमा लिइ उपचार गराएको प्रहरीको भनाई छ ।
घटनाको विषयमा थप अनुसन्धान तथा कारबाही अगाडि बढाएको प्रहरीले जनाएको छ ।