मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।
काठमाडौंको सोेल्टीमोडमा शनिबार बिहान करिब ८ः ३० बजे बा ८५ प ७१६७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी ७० वर्षीया लक्ष्मी तामाङको उपचारको क्रममा ट्रमा सेन्टरमा गएराति साढे ११ बजे मृत्यु भएको हो ।
प्रहरीका अनुसार धादिङ घर भएकी लक्ष्मी हाल कालिमाटी बस्दै आएकी थिइन् । पैदल हिँडिरहेकी तामाङलाई मोटरसाइकलले ठक्कर दिएको थियो ।
मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।