Logo
२०८१, २५ मंसिर मंगलवार
|  Tue Dec 10 2024

कैलालीमा दिदीबहिनी झुन्डिएको अवस्थामा मृत फेला, हत्या कि आत्महत्या ?


कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर १० ठेबारमा एकै घरका दुइ दिदीबहिनी झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । मंगलबार बिहान ७ः २० बजे उनीहरु झुन्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कविन्द्र बोहराले आजको प्रेसलाई जानकारी दिए।

एकै घरका दिदी र बहिनी सँगै झुन्डिएको अवस्थामा मङगलबार मृत फेला परेका हुन्। टिनले छाएको काठको दुई तले कच्ची घरको तल्लो कोठामा उनीहरु झुन्डिएको अवस्थामा फेला परेका हुन् । मृतक २७ वर्षीया सिमालु चौधरी र उनकी २२ वर्षीया बहिनी इन्द्रा रहेकी छिन् ।

डिएसपी बोहराका अनुसार उनीहरू दुबै जना सँगै झुण्डिएको अवस्थामा फेला परेका हुन्। दिदीबहिनी झुन्डिएको अवस्थामा फेला पर्ना साथ स्थानियले जिल्ला प्रहरी कार्यालय कैलालीमा सुचना गरेका थिए । उक्त सुचनापछि प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको बोहोराले जानकारी दिए ।

घटनाको अनुसन्धान भइरहेकोले हत्या वा आत्महत्या के हो भन्ने कुरा पोेस्टमार्टम रिपोर्ट आएपछि मात्रै भन्न सकिने उनले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार