Logo
२०८१, २५ मंसिर मंगलवार
|  Tue Dec 10 2024

प्रहरीले लाठीचार्ज गरेपछि राप्रपाले माग्यो गृहमन्त्रीको राजीनामा


राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेको छ ।

राप्रपाले मंगलबार भद्रकाली क्षेत्रमा गरेको प्रदर्शनमा प्रहरीको लाठीचार्जबाट कार्यकर्ता घाइते भएपछि अध्यक्ष राजेन्द्र लिङ्देनले गृहमन्त्रीको राजीनामा माग गरेका हुन् ।

राप्रपाले सरकारलाई बुझाएको ४० बुँदे माग पूरा नभएको भन्दै मंगलबार प्रदर्शन गरेको थियो । प्रदर्शनका क्रममा निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले पानीका फोहरा र लाठीचार्ज गर्दा केही घाइते भएका थिए ।

‘गृहमन्त्री रवि लामिछानेलाई चेतावनी दिएर भन्न चाहन्छु, हामीले यो दिनलाई सम्झनाका रूपमा राख्नेछौं’, कोणसभामा बोल्दै लिङ्देनले भने, ‘आजबाट गृहमन्त्रीको राजीनामाको मत पनि राप्रपाले थपेर अघि लैजान्छ । ४० बुँदेमा १ बुँदे माग थपियो ।’


प्रतिक्रिया दिनुहोस !
विचार