Logo
२०८१, ३ फाल्गुन शनिबार
|  Sat Feb 15 2025

डोल्पा डढेलोमा घाइते एक बालकको मृत्यु


डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित सामुदायिक वनमा आगलागी हुँदा घाइते भएका तीनजना बालबालिकामध्ये एकजनाको मृत्यु भएको छ ।

जिल्ला अस्पताल डोल्पामा उपचारका क्रममा १० वर्षीय सुलस बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोेल्पाले जनाएको छ । प्रहरीका अनुसार बाँकी दुईजनाको थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौँ ल्याउने तयारी भइरहेको छ ।

गाउँ नजिक रहेको उक्त वनमा बिहीबार बिहान गुच्ची च्याउ टिप्न गएका बालबालिका अपराह्न गम्भीर घाइते भएका हुन् । उनीहरूलाई उद्धार गरेर साँझमा जिल्ला अस्पताल पुर्याइएको थियो । हरसम्भव प्रयास गर्दा पनि घाइतेलाई बचाउन नसकिएको डा.अखण्ड उपाध्यायलाई उदृत गर्दै प्रहरीले बताए।

त्रिपुरासुन्दरी नगरपालिकाले घाइते बालबालिकाको उपचारका लागि काठमाडौँ लेराउन हेलिकप्टरको व्यवस्था गरेको नगरपालिका स्रोतले बताएको छ । घाइते बालकहरुलाई जिल्ला अस्पतालबाट थप उपचारका लागि हेलिकप्टरमार्फत बिहिबार नै काठमाडौं लेराउने भनिए पनि खराब मौसमका कारण असम्भव भएको थियो ।

गत मङ्गलबार डोल्पाको ठुलीभेरी नगरपालिका–४ मा रहेको मष्टा सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा घाइते भएका चारजना नेपाली सेनाका जवानमध्ये तीनजनाको मृत्यु भएको थियो ।


प्रतिक्रिया दिनुहोस !
विचार