Logo
२०८१, ३ फाल्गुन शनिबार
|  Sat Feb 15 2025

इजरायलमा रहेका सबै नेपालीहरु सुरक्षित छन्ः नेपाली दूतावास


इजरायलमा इरानले गरेको आक्रमणमा त्यहाँ रहेका नेपालीलाई कुनै असर नगरेको र सबै सुरक्षित रहेको नेपाली दूतावासले जनाएको छ ।

दूतावासले विज्ञप्ति निकालेर इजरायलका विभिन्न ठाउँमा इरानले मिसाइल तथा ड्रोन आक्रमण गरेको भए पनि नेपालीहरू भने सुरक्षित रहेको जानकारी गराएको हो ।

यसअघि इजरायलमा रहेको नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई आफ्नो सुरक्षाको ध्यान दिन र अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन अनुरोध गरिसकेको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार