Logo
१३ असार २०८३, शनिबार
|  Sat Jun 27 2026

डढेलो निभाउने क्रममा लडेर एकको मृत्यु, एकजना गम्भिर घाइते


गुल्मीको जंगलमा लागेको डढेलो निभाउने क्रममा लडेर एक जनाको मृत्यु भएको छ। एकजना गम्भिर घाइते भएका छन् ।

मुसिकोट नगरपालिका वडा नम्बर १ तल्लो पौदीस्थित सर्वोदय माविको सल्लाघारीमा लागेको डढेलो निभाउने क्रममा स्थानीय ५८ वर्षीय महले घर्तीको मृत्यु भएको हो।

सोमबार बिहान साढे ११ बजेतिर लागेको डढेलो निभाउन गएका घर्ती आफूतर्फ आगोको ठूलो मुस्लो आएपछि भाग्दा लडेर गम्भीर घाइते भएका थिए।

सल्लाघारीबाट १५० मिटर तल खसेका घर्तीलाई तत्काल उद्धार गरी जिल्ला अस्पताल तम्घास पुर्याएकोमा चिकित्सकले साढे २ बजेतिर मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

घर्तीसँगै सल्लाघारीबाट लडेका स्थानीय ५२ वर्षीय रेसम थापा घाइते छन्। थापाको तम्घास अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार